काठमाडौं । साताको चौथो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।
बुधबार, नेप्से परिसूचक ५.९१ अंकले बढेर २०७६.५० अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड २३ लाख कित्ता सेयर ४ अर्ब २५ करोड २७ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १३२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १११ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १७ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, गोरखाज फाइनान्सको १२ करोड ५९ लाख, प्राइम कर्मिशयल बैंक प्रमोटर सेयरको ११ करोड ६४ लाख, जोशी हाइड्रोपावरको १० करोड ९४ लाख, नेपाल फाइनान्सको १० करोड ७० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।