काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले आयोजना प्रभावित र खानी प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । बुधबार बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सह बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल र प्रभु क्यापिटलले उक्त सेयर बाँडफाँट गरेको हो ।
कम्पनीको आईपीओमा १ हजार २२४ जना आवेदकहरुबाट आवेदन परेको थियो । १ हजार २२४ जना मार्फत रीतपुर्वक प्राप्त भएका आवेदकलाई २ लाख ४८ हजार ४ सय ७० कित्ता सेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । बुक विल्डिंगको नियम अनुसार २२४ जना आवेदकलाई न्यूनतम ५० कित्तामा नघट्ने गरी सेयर बाँडफाँट गरिएको छ ।
साथै, उद्योग प्रभावित क्षेत्र तथा खानी उत्खनन् क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको ९ लाख ३० हजार कित्ता सेयरमध्ये बिक्री नभएको ६ लाख ८१ हजार ५३० कित्ता सेयर सर्वसाधारण (सामुहिक लगानी कोष र कम्पनीका कर्मचारी समेत) को लागि छुट्याइएको सेयरमा थप गरी सार्वजनिक निष्काशन गरिने क्यापिटलले जनाएको छ ।
कम्पनीले पुस २५ देखि माघ २५ सम्म आयोजना प्रभावित स्थानियलाई ९ लाख ३० हजार कित्ता सेयर निष्काशन गरेको थियो। कम्पनीको सेयर मूल्य प्रति कित्ता ३६०.९० रुपैयाँ रहेको थियो ।