३ कम्पनीमा सकारात्मक सर्किट लाग्दा कुनको सेयर मूल्य कतिले बढ्यो ?

काठमाडौं । मंगलबार, नेप्से परिसूचक ३०.५६ अंकले घटेर २०७०.५९ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड २१ लाख कित्ता सेयर ४ अर्ब ६६ करोड ७१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४० वटा कम्पनीको सेयर मूल्य बढ्दा २०३ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, बोटलर्स नेपाल, समाज लघुवित्त र सुपर माई हाइड्रोपावरको १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ ।

जोशी हाइड्रोपावरको ८.३३%, डोल्टी पावर कम्पनीको ७.५०%, मैलुङ खोला जलविद्युतको ६.८८%, दोर्दी खोला जलविद्युतको ६.७०%, हिमालयन पावर पार्टनरको ५.३७%, साम्लिङ पावरको ४.५९% र सानिमा मिडल तमोर हाइड्रोपावरको ३.८६ प्रतिशतले सेयरमूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स