कालिन्चोक हाईड्रोपावरले आईपीओ निष्काशन गर्ने, माग्यो बोर्डको अनुमति

काठमाडौं । कालिन्चोक हाईड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने अनुमति माग गर्दै माघ २२ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको हो ।

कम्पनीले ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैकिङ लिमिटेड रहेको छ।

कम्पनीले दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ८ मा ५ मेगावाट क्षमताको सरुनखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स