काठमाडौं । साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।
सोमबार, नेप्से परिसूचक १५.३३ अंकले बढेर २१०१.१६ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड १ लाख कित्ता सेयर ३ अर्ब ५८ करोड ६९ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १९९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४५ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २३ करोड २ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, एनआरएनको १६ करोड ३० लाख, एनआईसी एसिया बैंकको १३ करोड ७७ लाख, नेपाल इन्स्योरेन्सको ११ करोड ३७ लाख, सोनापुर मिनरल्सको १० करोड २७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।