काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एकैदिन एक विकास बैंकसहित तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
शुक्रबार शांग्रिला डेभलपमेन्ट बैंक, स्वावलम्बन लघुवित्त, हिमालयन डिस्टिलरी लिमिटेडको गरि कुल ५६ लाख ५८ हजार ३०७.५१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
जसमा शांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशतले हुन आउने १६ लाख ३३ हजार ७९५.८६ कित्ता सेयर सूचीकृत भएको छ ।
स्वावलम्बन लघुवित्तको १२.३५९९ प्रतिशतले हुन आउने १५ लाख ९५ हजार ४५ कित्ता सेयर सूचीकृत भएको छ ।
त्यस्तै, हिमालयन डिस्टिलरी लिमिटेडको १० प्रतिशतले हुन आउने २४ लाख २९ हजार ५६६.६५ कित्ता सेयर सूचीकृत भएको छ ।
सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।