काठमाडौं । बिहीबार, नेप्से परिसूचक ५.७४ अंकले बढेर २०९६.३८ अंक विन्दुमा आइपुगेको छ ।
आज ९१ लाख ७१ हजार कित्ता सेयर ३ अर्ब २१ करोड २२ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १५७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८२ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, समाज लघुवित्तमा १०% र बुद्ध भुमी हाइड्रोपावरमा ९.९९ प्रतिशतले सकारात्मक सर्किट लागेको छ ।
त्रिशुली जलविद्युत कम्पनीको ९.८४%,माया खोला हाइड्रोपावरको ७.७८%, स्वेत गंगा हाइड्रोपावरमा ७.४९%, इन्ग्वा हाइड्रोपावरको ७.३६ प्रतिशतले सेयर मूल्य बढेको छ ।