काठमाडौं । बुधबार, नेप्से परिसूचक ४.९२ अंकले बढेर २०९०.६४ अंक विन्दुमा आइपुगेको छ ।
आज ७७ लाख ३२ हजार कित्ता सेयर २ अर्ब ८४ करोड २५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १६८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६८ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, गुराँस लघुवित्त, समाज लघुवित्त, बुद्ध भुमी नेपाल र इस्टर्न हाइड्रोपावरमाा १०%, एशियन हाइड्रोपावरमा ९.९९ प्रतिशतले सकारात्मक सर्किट लागेको छ ।
पिपल्स पावरको ६.३५%, इन्ग्वा हाइड्रोपावरको ६.०१%, सानिमा इक्विटी फण्डको ५.२२%, मेन्छियाम हाइड्रोपावरमा ४.९३% र रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा ४.६६ प्रतिशतले सेयरमूल्य बढेको छ।