काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित विशेष साधारण सभा आह्वान गरेको छ ।
सभा फागुन १४ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ११ बजे आह्वान गरेको हो ।
सभामा कम्पनीले सर्वसाधारणलाई हाल कायम रहेको १०० रुपैयाँ अंकित मूल्यलाई ५० रुपैयाँमा विभाजन गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विषयमा छलफल हुनेछ ।
सभामा कम्पनीको अधिकृत,जारी तथा चुक्तापूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।