काठमाडौं । साताको तेस्रो दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।
मंगलबार, नेप्से परिसूचक ७.६३ अंकले बढेर २०८३.९० अंक विन्दुमा आइपुगेको छ ।
आज ७६ लाख २४ हजार कित्ता सेयर २ अर्ब ५९ करोड १५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १७१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६८ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३३ करोड ७६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, माउन्टेन इनर्जीको १६ करोड ६५ लाख, नेपाल रि इन्स्योरेन्सको ८ करोड ७४ लाख, नेपाल टेलिकमको ७ करोड ३५ लाख, हाथवे इन्भेष्टमेन्टको ७ करोड ३० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।