काठमाडौं । सेयर कारोबारको दोस्रो दिन आज सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सेयर बजारमा आज २ अर्ब ४३ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज कुल सेयर कारोबार मध्ये १० ब्रकर कम्पनीले मात्रै ४९.१५ प्रतिशत सेयर कारोबार गरेको हो । आज सेयर कारोबार गर्ने ८६ कम्पनीहरू मध्ये १० कम्पनीले मत्रै १ अर्ब १९ करोड ८४ लाख रुपैयाँको सेयर कारोबार गरेको छ ।
बढि सेयर कारोबार गर्ने नासा सेक्युरिज्को २६ करोड ८१ लाख ६० हजार रुपैयाँको सेयर कारोबार भएको छ । कम्पनीले १५ करोड ५८ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने ११ करोड २२ लाख रुपैयाँको सेयर बिक्री गरेको हो ।
त्यसैगरी बढि सेयर कारोबार गर्ने दोस्रो नम्बरमा इम्पेरियल सेक्युरिटिज्ले ११ करोड ८६ लाख रुपैयाँको सेयर खरिद गरेको छ । आज कम्पनीले १४ करोड ८८ लाख रुपैयाँको सेयर बिक्री गरेको छ भने २६ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार गरेको हो ।
त्यसैगरि आज भिजन सेक्युरिटिज्को १८ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कम्पनीले आज १० करोड १६ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने ८ करोड रुपैयाँको सेयर बिक्री गरेको हो ।
बढि सेयर कारोबार गर्ने अनलाइन सेक्युरिटिज्ले ७ करोड ७४ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने ९ करोड १३ लाख रुपैयाँको सेयर बिक्री गरेको हो । आज कम्पनीको १६ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
त्यस्तै आज सानी सेक्युरिटिज्को १५ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ । कम्पनीले आज ८ करोड ५६ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने ७ करोड १३ लाख रुपैयाँको सेयर बिक्री गरेको हो ।
बढि सेयर कारोबार गर्ने दिपशिखा धितोपत्र खबरको १५ करोड ५१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कम्पनीले ६ करोड ९४ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने ८ करोड ५७ लाख रुपैयाँको सेयर बिक्री गरेको छ ।
आर्यतारा इन्भेष्टमेण्ट सेक्युरिटिज्ले ८ करोड ९२ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने सो कम्पनीले आज ६ करोड ५५ लाख रुपैयाँको सेयर बिक्री गरेको छ । आज कम्पनीको १५ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज श्री कृष्ण सेक्युरिटिज्ले १३ करोड ६० लाख रुपैयाँको सेयर कारोबार गरेको छ । कम्पनीले आज ५ करोड ३५ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने ८ करोड २५ लाख रुपैयाँको सेयर बिक्री गरेको हो ।
त्यसैगरी आज बढि सेयर कारोबार गर्ने अग्रवाल सेक्युरिटिज्को १२ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज कम्पनीले ७ करोड २२ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने ५ करोड ३८ लाख रुपैयाँको सेयर बिक्री गरेको हो ।
सेयरप्यारो सेक्युरिटिज्ले ७ करोड ३७ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने सो कम्पनीले आज ४ करोड ५३ लाख रुपैयाँको सेयर बिक्री गरेको हो । आज कम्पनीले ११ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार गरेर बढि सेयर कारोबार गर्ने टपटेनमा पर्न सफल भएको हो ।