युनाइटेड इदी मर्दीको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरमा वितरण हुने छ ।

कम्पनीले फागुन १७ बिहिबार साधारणसभा आह्वान गरेको छ ।कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ, फागुन ३ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स