युनाइटेड अजोड इन्स्योरेन्ससहित दुई कम्पनीको सेयर मूल्य समायोजन, भोलि कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड अजोड इन्स्योरेन्ससहित दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आइतबार युनाइटेड अजोड इन्स्योरेन्स र रिडी पावर कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

जसमा, युनाइटेड अजोड इन्स्योरेन्सको १०.२६१२ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य ६१८.९० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको हो । समायोजनपछि यसको मूल्य ५६१.३० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, रिडी पावर कम्पनीको ५० प्रतिशत हकप्रद बापत सेयर मूल्य समायोजन भएको छ । समायोजन पछि सो कम्पनीको सेयर मूल्य २१६.६७ रुपैयाँ कायम भएको छ । आइतबार कम्पनीको अन्तिम कारोबार २७५ रुपैयाँमा भएको थियो ।

योसँगै, अब भोलि सोमबार समायोजित मूल्यलाई आधार मानेर यी दुई कम्पनीको कारोबार खुल्ने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स