काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।
आइतबार, नेप्से परिसूचक ५.३१ अंकले घटेर २०६१.७० अंक विन्दुमा आइपुगेको छ ।
आज ९२ लाख ७२ हजार कित्ता सेयर ३ अर्ब २१ करोड ६७ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १०४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३२ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३३ करोड ५८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको १२ करोड ९८ लाख, निफ्राको १२ करोड ३ लाख, ङादी ग्रुप पावरको ११ करोड ८८ लाख, रिडी पावरको ११ करोड २ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।