संखुवासभा पावर डेभलपमेण्ट कम्पनीले आईपीओ निष्काशन गर्ने, एनआईसी एशिया क्यापिटलसँग सम्झौता

काठमाडौं । संखुवासभा पावर डेभलपमेण्ट कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्नको लागि एनआईसी एशिया क्यापिटलसँग सम्झौता गरेको छ ।

कम्पनी र एनआईसी एशिया क्यापिटलबीच क्यापिटलको आईडिया टु आईपीओ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिष्ट्रार सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता पत्रमा निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझी र कम्पनीका तर्फबाट अध्यक्ष सौरभ अर्जयालले हस्ताक्षर गरेका छन् ।

संखुवासभा पावर डेभलपमेण्ट कम्पनीले संखुवासभा जिल्ला स्थित सभाखोलामा दुईवटा जलविद्युत आयोजना निर्माण गर्न लागेको छ । जसमध्ये ९.४१२ मेगावाटको सुपर सभाखोला जलविद्युत आयोजना र ४.१ मेगावटको सुपर सभाखोला साना जलविद्युत आयोजना रहेका छन् ।

संखुवासभा पावर डेभलपमेण्ट कम्पनीले जारी पुँजीको २५ प्रतिशत सेयर अर्थात १०० अंकित दरका २५,५०,००० कित्ता साधारण सेयर निकट भविष्यमा प्रचलित कानून बमोजिम सर्वसाधारणमा निष्काशन गर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स