काठमाडौं । बिहीबार, नेप्से परिसूचक ३१.७६ अंकले घटेर २०६६.१७ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड १३ लाख कित्ता सेयर ४ अर्ब १२ करोड ५७ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १८ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२७ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, समाज लघुवित्तको ६.१०%, रावा इनर्जीको ३.८३%, १०.२५%सनराइज बैंक डिबेन्चरको ३.८०%, नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चरको ३.१२%, दोल्ती पावरको २.९६ प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै, समलिङ पावरको ९.४२%, मिड सोलु हाइड्रोपावरको ६.८८%, मोलुङ हाइड्रोपावरको ६.४७%, थ्री स्टार हाइड्रोपावरको ६.१४%, पिपल्स् हाइड्रोपावरको ५.८४ प्रतिशतले सेयर मूल्य घटेको छ ।