यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा भारी गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक ३१.७६ अंकले घटेर २०६६.१७ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड १३ लाख कित्ता सेयर ४ अर्ब १२ करोड ५७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १८ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२७ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५४ करोड १ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, ङादी ग्रुप पावरको १४ करोड ९१ लाख, नेपाल रि इन्स्योरेन्सको १४ करोड ४४ लाख, एनआरएनको ८ करोड ६० लाख, अरुण काबेलीको ८ करोड ३३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स