अपर तामाकोशीको लिलामी सेयरको प्रारम्भिक बाँडफाँट सम्पन्न, बढ्यो कट अफ प्राइस

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको लिलामी सेयरको प्रारम्भिक बाँडफाँट सम्पन्न भएको छ । चेक सटही तथा आवेदन रकमको तथ्यांकहरु प्रशोधनको अन्तिम काम सकेर लिलामी सेयरको प्रारम्भिक बाँडफाँट सम्पन्न गरिएको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।

जसअनुसार कम्पनीको लिलामी सेयरको कट अफ प्राइस १ रुपैयाँले बढेर १४७ रुपैयाँ कायम भएको छ । यसअघि कट अफ प्राइस १४६ रुपैयाँ कायम भएको थियो ।

कम्पनीको लिलामी सेयर भर्दा ७ अर्ब रुपैयाँ बढी जम्मा भएको छ । यस लिलामीमा ३० हजारभन्दा बढीले आवेदन दिएका छन् ।

बिक्री प्रबन्धक नागरिक लगानी कोषले कम्पनीको लिलामी सेयर भर्दा बाँडफाँटमा नपरेको रकम सोमबार (माघ २२ गते) बाट फिर्ता हुने जनाएको छ ।

हाइड्रोपावरले पुस १३ गतेदेखि २९ गतेसम्म सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो ।

कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म १ः१ को अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। सो निष्काशनमा सर्वसाधारणलाई ५ करोड १८ लाख ९१ हजार निष्काशन भएकोमा योग्य रहेका आवेदकलाई ३ करोड ४८ लाख ७१ हजार ४ सय ७० कित्ता सेयर बाँडफाँट गरिएको थियो । सर्वसाधारण समुह तर्फ बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता सेयर कम्पनीले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स