काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले हकप्रद बिक्रीका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ रहेको छ ।
सोही पुँजीमा १०० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । हकप्रद पश्चात यसको पुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ ।