साढे ५ अर्बको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा गिरावट आएको छ ।

बुधबार, नेप्से परिसूचक २१.६७ अंकले घटेर २०९७.९३ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ४७ लाख कित्ता सेयर ५ अर्ब २९ करोड ५६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २९ वटा कम्पनीको सेयर मूल्य बढ्दा २१५ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६३ करोड ८७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एनआरएनको २६ करोड १ लाख, ङादी ग्रुप पावरको २४ करोड २६ लाख, नेपाल रि इन्स्योरेन्सको १९ करोड ८९ लाख, हाथ्वे इन्भेष्टमेन्टको ११ करोड ७४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स