तीन कम्पनीमा लाग्यो सर्किट, अधिकांश हाइड्रोपावरको सेयर मूल्य बढ्यो

काठमाडौं । सोमबार, नेप्से परिसूचक १०.२६ अंकले बढेर २१०४.७२ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड २३ लाख कित्ता सेयर ४ अर्ब ५६ करोड ६२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १५० वटा कम्पनीको सेयर मूल्य बढ्दा ८६ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, युनियन हाइड्रोपावरको १०%, अरुण भ्याली हाइड्रोपावरको ९.९९% र मिड सोलु हाइड्रोपावरको ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ । विन्दवासिनी हाइड्रोपावरको ८.७०%, अपर स्यांगे हाइड्रोपावरको ८.४३%, समाज लघुवित्तको ८.२०%, कालिका पावरको ७.७८%, युनाइटेड आइडीआई मार्दीको ६.७८%, मकर जितुमायाको ६.३८%, पाँचथर पावर कम्पनीको ६.१९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स