साढे ४ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजार बढेको छ ।

सोमबार, नेप्से परिसूचक १०.२६ अंकले बढेर २१०४.७२ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड २३ लाख कित्ता सेयर ४ अर्ब ५६ करोड ६२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १५० वटा कम्पनीको सेयर मूल्य बढ्दा ८६ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६० करोड १६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, ङादी ग्रुप पावरको २३ करोड ८३ लाख, हाथ्वे इन्भेष्टमेन्टको १२ करोड ८७ लाख, एनआरएनको ११ करोड ५ लाख, नेपाल रि इन्स्योरेन्सको ९ करोड ९० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स