काठमाडौं । सेयर कारोबार हुर्ने साताको पहिलो दिन आज आइतबार १०.३६ अंकले बढेर २ हजार ९४.४६ को बिन्दुमा कायम रहेको छ । आज कारोबार भएको कुल ३ अर्ब ८३ करोड ३७ लाख रुपैयाँको कारोबार हुँदा १० ब्रोकर कम्पनीले मात्रै २ अर्ब ७२ करोड ८७ लाख ७३ हजा र रुपैयाँको सेयर कारोबार गरेका छन् ।
आज सबै भन्दा बढि सेयर कारोबार नासा सेक्युरिटिज्ले गरेको । कम्पनीले आज ४८ करोड १५ लाख २९ हजार रुपैयाँको सेयर कारोबार गरेको छ । आज कम्पनीले २३ करोड ४४ लाख ४३ हजार रुपैयाँको सेयर खरिद गरेको छ भने २४ करोड ७० लाख ८६ हजार रुपैयाँको सेयर बिक्री गरेको हो ।
त्यसै गरी बढि सेयर कारोबार गर्ने दोस्रो नम्बरमा इम्पेरियल सेक्युरिटिज्ले १७ करोड ४३ लाख ७७ हजार रुपैयाँको सेयर खरिद गरेको छ । सो कम्पनीले १७ करोड ९० लाख ८० हजार रुपैयाँको सेयर बिक्री गरेर ३५ करोड ३४ लाख ५८ लाख रुपैयाँको सेयर कारोबार गरेको हो ।
आज बढि सेयर कारोबार गर्ने तेस्रो नम्बरमा भिजन सेक्युरिटिज् रहेको छ । सेयर कारोबार हुने साताको पहिलो दिन कम्पनीले २९ करोड ७६ लाख ३८ हजार रुपैयाँको सेयर कारोबार गरेको छ । आज १५ लाख ३७ करोड ६३ हजार रुपैयाँको सेयर खरिद गरेको छ भने कम्पनीले १४ करोड ३८ लाख ७५ हजार रुपैयाँको सेयर बिक्री गरेको हो ।
सानी सेक्युरिटिज्ले १४ करोड ४८ लाख ७२ हजार रुपैयाँको सेयर खरिद गरेको छ भने १३ करोड ७२ लाख ६७ हजार रुपैयाँको सेयर बिक्री गरेको छ । कम्पनीले आज २८ करोड २१ लाख ३९ हजार रुपैयाँको सेयर कारोबार गरेको हो ।
अनलाइन सेक्युरिटिज्को २६ करोड ६८ लाख ८९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कम्पनीले १३ लाख ६३ लाख ३४ हजार रुपैयाँको सेयर खरिद गरेको छ भने १३ करोड ५ लाख ५५ हजार रुपैयाँको सेयर बिक्री गरेको हो ।
दिपशिखा धितोपत्र खबरले ११ करोड ६८ लाख ५५ हजार रुपैयाँको सेयर खरिद गरी १३ करोड २१ लाख १६ हजार रुपैयाँको सेयर बिक्री गरेको छ । आज कम्पनीले २४ करोड ८९ लाख ७३ हजार रुपैयाँको सेयर कारोबार गरेको हो ।
आर्यतारा इन्भेष्टमेण्ट सेक्युरिटिज्ले २१ करोड ९१ लाख ५४ हजार रुपैयाँको सेयर कारोबार गरेको छ । कम्पनीले आज १० लाख ३७ लाख ९ हजार रुपैयाँको सेयर खरिद गरेको छ भने ११ करोड ५४ लाख ४७ हजार रुपैयाँको सेयर बिक्री गरेको हो ।
त्यसैगरी डाइनामिक मनी म्यनेजर सेक्युरिटिज्ले १९ करोड ४८ लाख ५२ हजार, एबिसि सेक्युरिटिज्ले १९ करोड ३० लाख १० हजार र अग्रवाल सेक्युरिटिज्ले १९ करोड १० लाख ८३ हजार रुपैयाँको सेयर कारोबार गरेका हुन् । हला नेपालमा ८५ वटा ब्रोकर कम्पनीहरूले सेयर कारोबार गर्दै आएका छन् ।