काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सहित दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आइतबार नेपाल लाइफ इन्स्योरेन्स र अरुण भ्याली हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
जसअनुसार, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य ५७७.५० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको हो । समायोजनपछि यसको मूल्य ४९७.८४ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, अरुण भ्यालीको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य २८०.२० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको मूल्य १९०.१० रुपैयाँ कायम भएको छ ।
योसँगै, अब भोलि सोमबार समायोजित मूल्यलाई आधार मानेर यी दुई कम्पनीको कारोबार खुल्ने छ ।