काठमाडौं । साताको पहिलो दिन पनि सेयर बजार बढेको छ ।
आइतबार, नेप्से परिसूचक १०.३७ अंकले बढेर २०९४.४६ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ७ लाख कित्ता सेयर ३ अर्ब ८३ करोड ३७ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १७३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७० वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३३ करोड ५३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, ङादी ग्रुप पावरको २३ करोड ५३ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १७ करोड ३४ लाख, अरुण भ्याली हाइड्रोपावरको १४ करोड ३४ लाख, हाथ्वे इन्भेष्टमेन्टको १३ करोड २७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।