माथिल्लो तामाकोशी हकप्रद सेयरको लिलामीको बाँडफाँट भोलि हुने

काठमाडौं । माथिल्लो तामाकोशी हाइड्रोपावरको नबिकेको हकप्रद शेयरको लिलामीको बाँडफाँट भोलि हुने भएको छ ।

अप्पर तामाकोशीको लिलामी शेयरको बिक्री प्रबन्धक रहेको नागरिक लगानी कोषका अनुसार सोमबार बाँडफाँड हुने जनाएको हो ।

अप्पर तामाकोशी हाइड्रोपावरको लिलामी शेयरको अनुमानित कटअफ प्राइस १ सय ४६ रुपैयाँ छ। गत शुक्रबारदेखि उक्त कम्पनीको लिलामी शेयरको शिलबन्दी बोलपत्र खोल्ने कार्य प्रारम्भ भएको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स