रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा बोलकबोल पेश गर्ने आज अन्तिम दिन

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको साधारण सेयर (आईपीओ) मा योग्य संस्थागत लगानीकर्ताले बोलकबोल पेश गर्ने आज अन्तिम दिन रहेको छ । आईपीओमा योग्य संस्थागत लगानीकर्ताले आजसम्म बोलकबोल पेश गर्न सक्नेछन् ।

कम्पनीले माघ १० गतेदेखि बुक बिल्डिङ विधिमार्फत संस्थागत लगानीकर्ताका लागि सेयर निष्कासन गरेको छ ।

रिलायन्स स्पिनिङ मिल्सले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत अर्थात १९ करोड २६ लाख ६० हजार रुपैयाँको १९ लाख २६ हजार ६०० कित्ता सेयर जारी गर्न अनुमति पाएको छ ।

बोलकबोलका प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म बिक्री मूल्य सीमा रहेको छ । संस्थागत लगानीकर्ताले सोही सीमाभित्र रहेर बोलपत्र पेश गर्नुपर्ने छ ।

संस्थागत लगानीकर्तालाई निष्कासित सेयर पूर्णरुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको ‘कट अफ प्राइस’ मूल्य निकालिने छ ।

रिलायबल नेपाल लाइफले माघ २९ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । सभा लिसरा ब्यांक्वेट, ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स