पुवा खोला–वान हाइड्रोपावरको सेयर निष्काशन तथा बिक्री गर्न लक्ष्मी सनराइज नियुक्त

काठमाडौं । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १९,४६,६६० कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्न कम्पनीले (लक्ष्मी सनराइज) क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौता—पत्रमा पुवा खोला–वान हाइड्रोपावरका तर्फबाट प्रबन्धनिर्देशक कदम के.सि तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

पुवा खोला–वान हाइड्रोपावरको इलाम जिल्लामा अवस्थित ४ मेगावाट क्षमताको जलबिधूत आयोजना छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स