काठमाडौं । आज पनि सेयर ओरालो लागेको छ। मंगलबार ०.४० अंकले घटेर २०९८.२९ को विन्दुमा पुगेको नेप्से बुधबार १०.२५ अंकले घटेर २०८८ विन्दुमा आइपुगेको छ ।
आज स्कट मार्केटमा १ करोड १० लाख ४९ हजार ९४९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ७० लाख २२ हजार ५९८ रुपैयाँको कारोबार भएको छ ।
बुधबार बैंकिङ र म्युचुअल फण्ड उपसमूह सामान्य रुपमा बढ्दा अन्य सबै उपसमूह राताम्य देखिएको छ । आज हाइड्रोपावर, लगानी र व्यापार उपसमूहमा बढी गिरावट देखिएको छ ।
त्यसैगरी हिमालयन रिइन्स्योरेन्स आज उच्च कारोबार भएको छ । सेयर कारोबार हुर्ने साताको चौथो दिन कम्पनीको २५ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ ।
आज बुधबार अपी पावर, ङादी ग्रुप, अरुण काबेली पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, गरिमा डिबेन्चर, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार गरेका छन् ।