काठमाडौं । मंगलबार नेप्से झिनो अंकले घट्दा १३७ सूचीकृत कम्पनीहरुको शेयरमूल्य ओरालो लागेको छ । आज मिड सोलु हाइड्रोपावर र गुराँस लघुवित्तको शेयरमूल्य ६.२० र ५.९० प्रतिशतले घटेको हो ।
दोर्दी खोला जल विद्युत, सीवाईसी नेपाल लघुवित्त, नेपाल एसबिआई बैंक ऋणपत्र २०८९, तारागाँउ रिजेन्सी र सनराइज फोकस्ड इक्विटी फण्डको शेयरमूल्य सर्वाधिक बढेको छ ।
आज चन्द्रागिरी हिल्स र नेपाल ल्युब आयलको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था, तेह्रथु पावर र आइजीआई प्रुडेन्सियलको शेयरमूल्य क्रमशः ९.९२, ९.८८ र ७.२१ प्रतिशतले बढेको छ ।
आज अप्पर स्याङ्गे हाइड्रोपावरको ४.८४, आशा लघुवित्तको ४.६७, लक्ष्मी इक्विटी फण्ड र हिमालयन पावरको ४.३२ प्रतिशतले शेयरमूल्य ओरालो लागेको छ ।
त्रिशुली जलविद्युत, मैलुङ खोला जल विद्युत, मोलुङ हाइड्रोपावर र हिमालयन लघुवित्तको शेयरमूल्य सर्वाधिक घटेको छ ।