काठमाडौं । आज देखि चन्द्रागिरी हिल्स लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको सेयर कारोबार गर्न सकिने भएको छ ।
सोमबार सम्म रहेको ‘लक इन’ अवधि सकिएपछि मंगलबारदेखि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य भएको छ ।
लक इनमा रहेको कम्पनीको १ करोड ३५ लाख कित्ता संस्थापक सेयर, ३ लाख ६ हजार ८१९ कित्ता स्थानीयको सेयर र ६१ हजार ३६४ कित्ता कर्मचारीको सेयर मंगलबारबाट खुला भएको हो ।
कम्पनीले सर्वसाधारणलाई सेयर बाँडफाँट गरेको मितिबाट ३ वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको सेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ ।
चन्द्रागिरीले यसअघि सोमबारबाट संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको सेयरको ‘लक इन’ अवधि सकिने सोही दिनबाटै उक्त सेयर कारोबार गर्न सकिने जानकारी गराएको थियो ।