काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजारमा गिरावट आएको छ ।
सोमबार, नेप्से परिसूचक ३१.४९ अंकले घटेर २०९८.६९ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ८० लाख कित्ता सेयर ६ अर्ब ३६ करोड ६० लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ३६ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०९ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ७८ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, ङादी ग्रुप पावरको ३१ करोड १ लाख, अपी पावरको २४ करोड २७ लाख, सन नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड २१ लाख, एनआरएनको १५ करोड १ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।