अपर तामाकोशी हाइड्रोपावरको कट अफ मूल्य सार्वजनिक, सर्वसाधारणले प्रतिकित्ता कति तिर्नुपर्ने ?

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको लिलामी सेयरको कट अफ मूल्य सार्वजनिक भएको छ । सहायक बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार लिलामीको सेयरको प्रारम्भिक कट अफ मूल्य १४६ रुपैयाँ कायम भएको छ।

यस भाउमा सामान्य मात्र तलमाथि हुन सक्ने बिक्री प्रबन्धकले जनाएको छ । हाइड्रोपावरले पुस १३ गतेदेखि २९ गतेसम्म सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो ।

क्यापिटलका अनुसार आइतबार साँझसम्ममा ३० हजार १५५ वटा आवेदन खोलिएको छ ।

कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म १ः१ को अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो। सो निष्काशनमा सर्वसाधारणलाई ५ करोड १८ लाख ९१ हजार निष्काशन भएकोमा योग्य रहेका आवेदकलाई ३ करोड ४८ लाख ७१ हजार ४ सय ७० कित्ता सेयर बाँडफाँट गरिएको थियो । सर्वसाधारण समुह तर्फ बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता सेयर कम्पनीले लिलाम गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स