नेप्सेमा गिरावट आएपनि आज अधिकांश हाइड्रोपावरको सेयर मूल्य बढ्यो

काठमाडौं । आइतबार, नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३०.१८ अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड २८ लाख कित्ता सेयर ७ अर्ब ६७ करोड ७७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७७ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, समाज लघुवित्तको ९.९७%, अंखु खोला जलविद्युतको ९.९७%, हिमालयन लघुवित्तको ९.९४%, मिड सोलु हाइड्रोपावरको ९.७८%, शिव श्री हाइड्रोपावरको ७.४२%, गुराँस लघुवित्तको ७.२६%, गणपति लघुवित्तको ६.६६%, जोशी हाइड्रोपावरको ६.५७% , पंचकन्या माई हाइड्रोपावरको ६.४३%, हिमालयन पावरको ५.८६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स