काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा भारी गिरावट आएको छ ।
आइतबार, नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३०.१८ अंक विन्दुमा आइपुगेको छ ।
आज २ करोड २८ लाख कित्ता सेयर ७ अर्ब ६७ करोड ७७ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ६४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७७ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५६ करोड ७९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, हिमाल दोलखा हाइड्रोपावरको २२ करोड ९१ लाख, अपी पावरको २० करोड ८२ लाख, नेपाल रि इन्स्योरेन्सको २० करोड १३ लाख, सोनापुर मिनरल्सको १९ करोड ८८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।