धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न समिति गठन

काठमाडौं । नेपाल सरकारले धितोपत्र बोर्डमा रिक्त अध्यक्ष पदमा नयाँ अध्यक्ष नियुक्तिका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ । सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन गरेको हो ।

हिजो बुधवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला रहेका छन् ।बिज्ञ सदस्यका रुपमा समितिमा नियुक्त भएका निरौला शंकरदेव क्याम्पसका प्राध्यापक हुन् । विराटनगर घर भएका निरौलालाई सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट र सिफारिस समितिमा सहभागी गराएको हो ।

सिफारिस समितिले सार्वजनिक रुपमा प्रस्ताव आह्वान गरी छनौट विधिमार्फत तीन जनाको नाम मन्त्रिपरिषद समक्ष सिफारिस गर्नेछ । उक्त तीन जना मध्ये एक जनालाई मन्त्रिपरिषदको बैठकबाट धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ती दिने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स