ओटिसी बजारमा २२ कम्पनीको ६३ करोड ६५ कित्ता बढी सेयर कारोबार, कसको कति ?

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा ओभर द काउन्टर (ओटिसी) बजारमा विभिन्न २२ कम्पनीको ६३ करोड ६५ कित्ता बढी सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जारी गरेको तथ्यांक अनुसार चालू आवको दोस्रो त्रैमासमा ओटिसी बजारमार्फत २२ कम्पनीको ६३ करोड ६५ लाख ७ हजार ३२८.८ रुपैयाँबराबरको कारोबार भएको हो ।

जसमा नेपाल हस्पिट्यालिटी एन्ड होटेलको दोस्रो त्रैमासमा सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीले दोस्रो त्रैमासमा ओटिसी बजारमार्फत २५ करोड ४४ लाख ५२ हजार रुपैयाँबराबरको कारोबार गरेको छ । त्यस्तै त्रिशक्ति सेक्युरिटिजले १० करोड १९ लाख ८५ हजार ६ सय रुपैयाँबराबरको कारोबार गरेको छ ।

ओटिसी बजारमा सेयर कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक सयका दरले किनबेच भएको देखिन्छ । नेप्सेले ओटिसी बजारको अवधारणा विकास गरी २०६४ सालदेखि सञ्चालनमा ल्याएको थियो ।

नेप्सेमामा सूचीकरण नभएका, सूचीकरण खारेज भएका तथा सूचीकरणका लागि आवश्यक शर्त पूरा हुन नसेका पब्लिक कम्पनीको सेयर कारोबार तथा नामसारी नेप्सेले ओटिसी बजारमार्फत् गर्दै आएको छ ।

[embeddoc url=”https://www.hamroartha.com/wp-content/uploads/2024/01/otc.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स