नेप्सेको कारोबार प्रणाली तीन दिन बन्द हुने, यस्तो छ कारण

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को कारोबार प्रणाली तीन दिन बन्द हुने भएको छ । नेप्सेले आज एक सूचना जारी गर्दै आज बिहीबारदेखि शनिबारसम्म उक्त प्रणाली बन्द हुने जानकारी गराएको हो ।

नेप्सेले दोस्रो चरणको विद्युत मर्मत तथा सम्भारको लागि आज माघ ४ गते (बिहीबार) साँझ ५ बजेदेखि शनिबार अर्थात माघ ६ गते राती ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द गर्न लागेको हो ।

नेप्सेले यस अवधिमा पर्न सक्ने असुविधाका लागि क्षमायाचना गर्दै विद्युतीय प्रणाली अद्यावधिक गर्ने यो कार्यमा सबैको साथ र सहयोगको अपेक्षा राखेको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स