१० ब्रोकरले गरे ७ अर्ब १९ करोडको सेयर कारोबार, कसको कति ?

काठमाडौं । आज बुधबार १० ब्रोकर कम्पनीले मात्रै ७ अर्ब १९ करोड रुपैयाँको सेयर कारोबार गरेका छन् । आज भएको कुल सेयर कारोबारमा १० ब्रोकर कम्पनीले गरेको कारोबार ७३.६४ प्रतिशत हो । आज धितोपत्र बजारमा करिब ९ अर्ब ७६ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हाल नेपालमा ८५ वटा ब्रोकर कम्पनीहरूले सेयर कारोबार गर्दै आएका छन् ।

आज बुधबार साताको चौथौ दिन सबै भन्दा बढी सेयर कारोबार नासा सेक्युरिटिज्ले गरेको छ । नासा सेक्युरिटिज्ले आज १ अर्ब ६ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार गरेको छ । बुधबार कम्पनीले ४४ करोड ८५ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने ६२ करोड ३ लाख रुपैयाँको सेयर बिक्री गरेको छ ।

भिजन सेक्युरिटिज्ले ४० करोड ६७ लाख रुपैयाँको सेयर खरिद गर्दा ४८ करोड ९१ लाख रुपैयाँको सेयर बिक्री भएको छ । बुधबार कम्पनीले ८९ करोड ५९ लाख रुपैयाँको कारोबार गरेको छ ।

त्यसैगरी सानी सेक्युरिटिज्ले ८३ करोड १४ लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले ३८ करोड २४ लाख ५० हजारको सेयर खरिद गर्दा ४४ करोड ९० लाख रुपैयाँको सेयर बिक्री गरेको हो ।

आज इम्पेरियल सेक्युरिटिज्ले ४२ करोड ९१ लाख ३३ हजारको खरिद गरेर ३३ करोड ५१ लाख रुपैयाँको सेयर बिक्री गरेको हो । बुधबार कम्पनीको ७६ करोड ४३ लाख १९ हजारको कारोबार भएको छ ।

भृकुटी सेक्युरिटिज्ले ७० करोड ५९ लाखको कारोबार गरेको छ । सो कम्पनीले ५७ करोड ९० लाख रुपैयाँको सेयर खरिद गरेर १२ करोड ६९ लाखको सेयर बिक्री गरेको हो ।

डाइनामिक मनी म्यानेजर सेक्युरिटिज्ले ६७ करोड ७३ हजारको कारोबार गर्दा ३३ करोड ६७ हजारको खरिद गरेको छ भने ३४ करोड रुपैयाँको सेयर बिक्री गरेको छ ।

त्यसैगरी सेयर कारोबार गर्ने अनलाइन सेक्युरिटिज्ले २५ करोड २८ लाखको सेयर खरिद गर्दा ४० करोड ७९ लाख रुपैयाँको सेयर बिक्री गरेर ६६ करोड ८ लाख ६५ हजार रुपैयाँको कारोबार गरेको छ ।

दिपशिखा धितोपत्र खबरले ५९ करोड ३७ लाखको सेयर कारोबार गर्दा २८ करोड ४९ लाख रुपैयाँको सेयर खरिद गर्दा ३० करोड ८८ लाख १३ हजार रुपैयाँको सेयर बिक्री गरेको हो ।

आर्यतारा सेक्युरिटिज्ले आज बुधबार कुल ५२ करोड ४५ लाख ३७ हजार रुपैयाँको सेयर कारोबार गरेको छ । सो कारोबार मध्ये २५ करोड ११ लाख रुपैयाँको सेयर खरिद भएको छ, भने २७ करोड ३३ लाख रुपैयाँको सेयर बिक्री गरेको छ ।

कोहिनूर इन्भेष्टमेन्ट सेक्युरिटिज्ले आज बुधबार ४७ करोड ८५ लाख रुपैयाँको कारोबार गर्दा २२ करोड ८९ लाख रुपैयाँको सेयर खरिद गरेको छ, भने सो कम्पनीले २४ करोड ९५ लाख रुपैयाँको सेयर बिक्री गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स