८ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा उछाल आएको छ ।

मंगलबार, नेप्से परिसूचक ५४.५४ अंकले बढेर २१७५.१७ अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड ३३ लाख कित्ता सेयर ८ अर्ब २ करोड ३८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २१४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३१ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सोनापुर मिनरल्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २८ करोड ३१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, निफ्राको २३ करोड २६ लाख, एनआरएनको २१ करोड १३ लाख, हिमाल दोलखा हाइड्रोपावरको १७ करोड ६३ लाख, अपी पावरको १६ करोड ४६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स