काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ ।
आइतबार, नेप्से परिसूचक ३१.६२ अंकले बढेर २१२०.६२ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ६६ लाख कित्ता सेयर ५ अर्ब ४५ करोड ४ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २११ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३३ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, नेपाल रि इन्स्योरेन्स प्रमोटर सेयरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३५ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, सोनापुर मिनरल्सको २४ करोड ३ लाख, हाथ्वे इन्भेष्टमेन्टको ११ करोड ८३ लाख, अरुण भ्याली हाइड्रोपावरको ११ करोड १४ लाख, अरुण काबेलीको ११ करोड ६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।