सर्वोत्तम सिमेन्टको आईपीओमा २७ करोड ७ लाख रुपैयाँ बराबरको आवेदन

काठमाडौं । सर्वोत्तम सिमेन्टले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओमा दोस्रो दिनसम्म २.८१ गुणा बढी आवेदन परेको छ । आज साँझ ५ः१० बजेसम्ममा १० हजार ५७४ जना आवेदकले ७ लाख ५० हजार १०० कित्ताका लागि आवेदन दिएको सीडीएसले जनाएको छ ।

कम्पनीको आईपीओमा २७ करोड ७ लाख ११ हजार ९० रुपैयाँ बराबरको आवेदन परेको छ ।

सर्वोत्तम सिमेन्टले पुस २५ गतेदेखि आईपीओ निष्काशन गरेको हो । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख ६७ हजार कित्ता सेयर निष्काशन गरेको हो। ।

त्यस्तै, कम्पनीले उद्योग प्रभावित क्षेत्र नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं. ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं. १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं.२, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं. १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं. ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं. ७ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरूका लागि ९ लाख ३० हजार कित्ता निष्काशन गरेको हो ।

कम्पनीले उक्त आईपीओ प्रतिकित्ता ३६०.९० रुपैयाँको दरले आवेदन खुला गरेको छ । जसमा लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

उक्त दुवै समूहका लगानीकर्ताहरुले माघ १० गतेसम्म आवेदन दिन सक्ने व्यवस्था छ । सोअवधिसम्म पनि सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरूले आगामी माघ २५ गतेसम्म आवेदन दिन पाउने छन् ।

त्यस्तै, कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी’ प्रदान गरेको छ। यसले कम्पनी समयमा नै सुरक्षित रुपले वित्तयि दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको जनाउँछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स