काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा करेक्सन देखिएको छ ।
बिहीबार, नेप्से परिसूचक ०.६२ अंकले घटेर २०८८.९९ अंक विन्दुमा आइपुगेको छ ।
आज २ करोड २१ लाख कित्ता सेयर ४ अर्ब ३० करोड ७७ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १२१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११७ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, हिमालयन बैंक प्रमोटर सेयरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २३ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नेपाल रि इन्स्योरेन्स प्रमोटर सेयरको १९ करोड ६० लाख, सोनापुर मिनरल्सको १६ करोड ८० लाख, हाथ्वे इन्भेष्टमेन्टको १२ करोड ९९ लाख, सानिमा मिडल तामोरको १० करोड १९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।