धौलागिरी लघुवित्तले यस अघि प्रस्ताव गरेको लाभांश रद्द, वितरण नगर्ने निर्णय

काठमाडौं । धौलागिरी लघुवित्तले यस अघि आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव रद्द गरेको छ ।

कम्पनीको पुस २५ गते बसेको संचालक समितिको बैठकले यस अघि घोषणा गरेको लाभांश रद्द गर्दै वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीको यस अघि कार्तिक २२ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

[embeddoc url=”https://www.hamroartha.com/wp-content/uploads/2024/01/1.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स