साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २५ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरि ०.७९ प्रतिशत नगद लाभांश गरि कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल सरकारले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स