काठमाडौं । मंगलबार, नेप्से परिसूचक २०.२९ अंकले बढेर २०७९.७९ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ७८ लाख कित्ता सेयर ६ अर्ब ८ करोड २४ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १५८ वटा कम्पनीको सेयर मूल्य बढ्दा २१ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, कर्णली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कालिका लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, अपर स्यांगे हाइड्रोपावर, त्रिशुली जलविद्यृत, मुक्तिनाथ कृषि कम्पनी, हिमालयन रि इन्स्योरेन्समा १०% र नेपाल वायर हाउजिङ, तेह्रथुम पावर कम्पनीमा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।