६ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।

मंगलबार, नेप्से परिसूचक २०.२९ अंकले बढेर २०७९.७९ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ७८ लाख कित्ता सेयर ६ अर्ब ८ करोड २४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १५८ वटा कम्पनीको सेयर मूल्य बढ्दा २१ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सोनापुर मिनरल्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २१ करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, निफ्राको १९ करोड ७३ लाख, सोल्टी होटलको १७ करोड ५३ लाख, माउन्टेन इनर्जीको १२ करोड ४३ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड १४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स