काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ ।
आइतबार, नेप्से परिसूचक २६.३६ अंकले घटेर २०२२.९२ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ५२ लाख कित्ता सेयर ५ अर्ब २४ करोड १४ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ८१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५९ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सोनापुर मिनरल्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २८ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, हाथ्वे इन्भेष्मेन्टको १९ करोड ९४ लाख, माउन्टेन इनर्जीको १५ करोड ९० लाख, एनआरएनको १५ करोड ६८ लाख, सिनर्जी पावर डेभलपमेन्टको ११ करोड ९२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।