काठमाडौं । शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेड र अन्नपूर्ण केबलकारले आईपीओ निष्काशन गर्ने भएको छ । शौर्य सिमेन्ट र अन्नपूर्ण केबलकारले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएका हुन् ।
शौर्य सिमेन्टले अंकित मूल्य १०० रुपैयाँमा १६४.५१ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २६४.५१ रुपैयाँ सेयर जारी गर्न अनुमति मागेको हो । कम्पनीले १ करोड ५९ लाख ८१ लाख ५०० कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।
त्यस्तै, अन्नपूर्ण केबलकारले १०० रुपैयाँ अंकित मूल्यमा ३१ लाख कित्ता सेयर बिक्री गर्न अनुमति मागेको छ । कम्पनीले कुल ३१ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न अनुमति मागेको हो ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
योसँगै, बोर्डले अनुमति प्रदान गरेमा यी २ कम्पनीलाई आईपीओ जारी गर्न बाटो खुल्ने छ ।