काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले रिलायन्स स्पिलिङ मिल्स लिमिटेडलाई बुक बिल्डिङ विधि मार्फत आईपीओ निष्काशन गर्नका लागि अनुमति प्रदान गरेको छ ।
कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई सेयर बोलकबोल खुला गर्नेछ । कम्पनीले ७ लाख ७० हजार ६४० कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बोलकबोल मार्फत बिक्री गर्न अनुमति पाएको हो ।
बोलकबोलका प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम भएको छ । संस्थागत लगानीकर्ताले सोही परिमार्जित सीमाभित्र रहेर बोलपत्र पेश गर्नुपर्ने हुन्छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धककको रुपमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।